Fri,12 May,2023

बुटवल — भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । भूमिगत जलस्रोत र सिँचाइ निर्माण सम्बन्धी कामै नगरी झुटा बिल बनाएर भोलेबाबा कन्स्ट्रक्सनलाई रकम भुक्तानी दिएको भन्दै उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । श्रेष्ठसँगै इन्जिनियर सन्तोषकुमार दास, लेखापाल नेत्रप्रसाद मरासिन, भोलेबाबा कन्स्ट्रक्सनका सञ्चालक सुकबहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर दास र लखापाल मरासिनीमाथि ५३ लाख ७५ हजार रुपैयाf बिगो माग दाबी गरेको छ । निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिबाट ६३ लाख ७ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ । उनीहरुले आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत नवलपरासीको देवचुली र दुम्किबास पम्प हाउस, स्टोरेज टंकी र वितरण प्रणालीको ठेक्कामा कामै नगरी ९ लाख ३२ हजार ५ सय ४८ रुपैयाँको नक्कली बिल बनाएर हिनामिना गरेका थिए ।

 

Related News & Events

Image
Tue,16 May,2023

qsq

source ekantipur com

 

Source: www.ekantipur.com

 

Image
Sun,14 May,2023

नक्कली शरणार्थी प्रकरण : कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

Image

Fri,12 May,2023

गृहको फाइल झिकेर गिरोहको फाइल

Founded in 2001, Sagarmatha Digital is a music production and distribution company that aims to deliver eternally beautiful songs that stays in minds and hearts forever

Copyright © All rights reserved | Power by BitsPanda